
काठमाडौँ।
केवल तामाङले निर्देशन गर्न लागेको चलचित्र ‘मायाका रङ्गहरू’मा भोजपुरी अभिनेता कुन्दन भारद्वाज अनुबन्धित भएका छन् । भारतको सोनी टिभीबाट प्रसारित सिरियल महाराणा प्रताप, सिंहासन, महावली हनुमान, बलिउड चलचित्र श्रीदेवी बङ्ग्लो र मिसन चाइनामा काम गरिसकेका उनी भोजपुरी चलचित्रका चर्चित व्यक्ति हुन् ।
यो चलचित्रमा यसअघि नै अभिनेता पल शाह अनुबन्धित भैसकेका छन् । इन्डो नेपाली यस चलचित्रको छायाङ्कन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ ।