५१औँ दिनमा निश्चल निर्देशित ‘दिमाग खराब’



काठमाडौँ।
निश्चल बस्नेत निर्देशित नेपाली चलचित्र ‘दिमाग खराब’ प्रदर्शनको ५१ दिने यात्रामा पुगेको छ । शनिवार यो गौरवपूर्ण यात्रामा पुगेको यस चलचित्रले यहाँसम्म पुग्दा झन्डै दश करोडको व्यापार गरेको छ ।

यो चलचित्र कार्तिक २४ गते रिलिज भएको थियो । हाल यो चलचित्र काठमाडौँको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा प्रदर्शनरत छ । सो हलमा कलाकार र सञ्चारकर्मीमाझ केक काटेर ५१ दिन मनाउने बताइएको छ ।

नेपालीहरूको बसोबास रहेका विभिन्न मुलुकहरूमा यो चलचित्र प्रदर्शन भइसकेको छ भने भारतमा रिलिज हुन बाँकी छ ।

यस चलचित्रमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, निश्चल बस्नेत, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्की लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu