‘दिमाग खराब’को दोस्रो भाग बनाउँदै निश्चल



काठमाडौँ।
शनिवार प्रदर्शनको ५१ औँ दिन मनाएको नेपाली चलचित्र ‘दिमाग खराब’को दोस्रो भाग बन्ने भएको छ । यसका निर्देशक निश्चल बस्नेतले काठमाडौँको रञ्जना सिनेमा हलमा आयोजित एक कार्यक्रममा सिक्वेल घोषणा गरेका हुन् ।

बस्नेतका अनुसार राष्ट्रको हितमा हुने विषयमा बन्ने दोस्रो शृङ्खला २०८३ सालको दसैँमा रिलिज लक्ष्य राखिएको छ ।

‘दिमाग खराब’ले प्रदर्शनको ५१ दिने यात्रामा पुग्दा झन्डै दश करोडको व्यापार गरेको छ । यो चलचित्र कार्तिक २४ गते रिलिज भएको थियो । हाल यो चलचित्र काठमाडौँको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा प्रदर्शनरत छ ।

नेपालीहरूको बसोबास रहेका विभिन्न मुलुकहरूमा यो चलचित्र प्रदर्शन भइसकेको छ भने भारतमा रिलिज हुन बाँकी छ ।

यस चलचित्रमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, निश्चल बस्नेत, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्की लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu