दयारानीको गीतमा दया र दियाको प्रेम



काठमाडौँ।
चलचित्र ‘दयारानी’को गीत रिलिज भएको छ । अन्तर्राष्ट्रिय नयाँ वर्षको अवसर पारेर इन्टरनेटमा रिलिज गरिएको ‘चोरी चोरी’ बोलको गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री दिया पुनको अभिनय छ ।

लिरिकल शैलीमा रिलिज यस गीतमा मनोज थापा मगरको सङ्गीत तथा हर्क साउदको शब्द रचना रहेको छ । सङ्गीतकार थापा मगर र सदिच्छा कट्टेलले आवाज दिएका छन् ।

आगामी माघ २६ गते रिलिज हुने यो चलचित्रलाई माओत्से गुरुङले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ र दियाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुष्कर गुरुङ, टिकाराम घले, शिर्षा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu