सौगातलाई ‘सौर्य’ बनाउँदै ‘अगस्त्य’को पोस्टर सार्वजनिक, फागुन १८ मा हलमा आउने



काठमाडौँ।
नेपाली चलचित्र ‘द अन ब्रेकेबल अगस्त्य: च्याप्टर १’को फस्ट लुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । यसका अभिनेता सौगात मल्ललाई ‘सौर्य’को रूपमा परिचय गराउने दुई वटा पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १८ गते यो चलचित्र रिलिज हुने जनाइएको छ ।

यो चलचित्र लेखक तथा निर्देशक सौरभ चौधरीको महत्त्वाकाङ्क्षी प्रोजेक्ट हो । यस चलचित्रमा सौगातको साथमा नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

डार्क हर्ष इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार चलचित्रमा प्रकाश मल्ल, अनीश तामाङ र विनोद पौडेल निर्माता रहेका छन् भने कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu