दीपिका लेख्छिन् – ‘आमा बन्दै गर्नुको कस्तो अचम्मको अनुभूति’



काठमाडौँ।
नेपाली चलचित्र वृत्तमा केही समयअघि देखि नै अभिनेत्री दीपिका प्रसाईँ ‘गर्भवती’ छिन् भन्ने चर्चा चलेको थियो । अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२४ को पहिलो दिन यी अभिनेत्रीले ‘प्रेग्नेन्सी’ सार्वजनिक गरेकी छन् ।

दीपिकाले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘बेबी बम्प’को तस्बिर सार्वजनिक गर्दै आफू आमा बन्न लागेको जानकारी दिएकी छन् । चार वर्षअघि फिल्म निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी दीपिकाले दिवाकरलाई ‘धन्यवाद’ दिँदै फेसबुकमा स्ट्याटस लेख्दै आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् ।

‘नयाँ वर्ष २०२४ को शुभ अवसरमा म मेरो जीवनको सबैभन्दा ठुलो खुसी बाँड्न चाहन्छु । हामी, दीपिका र दिवाकर हाम्रो बच्चालाई स्वागत गर्दैछौं । हाम्रो चमत्कार बाटोमा छ । मेरो राम्रो समयमा मलाई माया गर्ने र खराब अवस्थामा पनि उत्तिकै साथ दिइरहने दिवाकरलाई धन्यवाद । तब मेरो हृदय कृतज्ञताका साथ फुल्छ जब तपाईँले मलाई हरेक दिन माया गर्नुहुन्छ । आमा बन्दै गर्नुको कस्तो अचम्मको अनुभूति’, दीपिकाले लेखेकी छन् ।

दिवाकरले पनि आफू पिता बन्न लागेकोमा खुसी व्यक्त गरेका छन् । दिवाकर लेख्छन्, ‘तिम्रो अनि मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण अनि सुन्दर परिचय थपिएको छ माया ! तिमी आमा बन्दै छौँ अनि म बाबा । अनि म कति खुसी छु तिमीलाई कति धेरै माया गर्छु यो अनुभूति भन्नलाई यो शब्द अरू अपुरो छ मलाई थाहा छ तिमीले बुझेको छौ यो हाम्रो जीवनको अनि प्रेमको सुन्दर यात्रा हो माया । जीवनभर तिमीसँगै यसै गरी हिँड्न पाइराखौँ यही एउटा चाहना छ । ह्याप्पी न्यु इयर ।’

दीपिकाले फिल्म ‘ऐश्वर्या’बाट नेपाली रजत पटमा डेब्यू गरेकी थिइन् । यो फिल्मको निर्देशक दिवाकर नै थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu