‘योगिनी नम्रता’



काठमाडौँ। दुई वर्षअघि आफू ‘ओशो सन्यासी’ भएको घोषणा गरेकी अभिनेत्री तथा मोडल नम्रता सापकोटा योगा शिक्षकका रूपमा ‘ग्राजुएट’ भएकी छन् । उनी भारतको केरलास्थित शिवानन्द धन्वन्तरी आश्रमबाट सोमबार ‘ग्राजुएट’ भएकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर राख्दै आफू नयाँ नेपाली योगा शिक्षकका रूपमा ग्राजुएट भएको भन्दै खुसी व्यक्त गरेकी छन् । उनले आफूलाई ‘योगिनी’ भनी उल्लेख गरेकी छन् । दुई वर्षअघि मङ्सिरमा नम्रता ओशो तपोवनमा एक साता बस्दै आफू ‘ओशो सन्यासी’ बनेको बताएकी थिइन् ।

केही वर्षअघि एक युट्युब अन्तरवार्तामा विवाह नै नगरी बच्चा जन्माउने अभिव्यक्ति दिएपछि उनी चर्चा र विवादको विषय बनेकी थिइन् ।

ओशो सन्यासी बने पनि आफूले गर्दै आएको काम वा दैनिक क्रियाकलापबाट भने विश्राम लिनु नपर्ने नम्रता बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu