रिमै: रिस्मासँग सौगात र दयाहाङको पुनर्मिलन



काठमाडौँ ।
चलचित्र ‘कबड्डी कबड्डी’मा अभिनेत्री रिस्मा गुरुङलाई आफ्नो बनाउन अभिनेता सौगात मल्ल र दयाहाङ राईले गरेको सङ्घर्षलाई दर्शकले सायदै बिर्सिएका छैनन् । रिस्माका लागि सौगात र दयाहाङको द्वन्द्व हेर्न लायक थियो । अब यिनै कलाकारहरू पुनः नयाँ चलचित्र ‘रिमै’मा सहकार्य गर्दै छन् । सौगात र दयाहाङका लागि यो चलचित्रमार्फत रिस्मासँग पुनर्मिलनको अवसर पनि हो ।

खिलबहादुर गुरुङको निर्देशन रहने चलचित्रमा अभिनेता सौगात मल्ल अनुबन्धित भएसँगै चलचित्रको प्रमुख कलाकारको लाइन अप पुरा भएको छ । यसअघि यो चलचित्रमा रिस्मा र दयाहाङ अनुबन्धित भइसकेका छन् । चलचित्रलाई सिनेमा गोरख सिरान चोक एन्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरले निर्माण गर्न लागेको हो। चलचित्रमा दया, रिस्मा, सौगातसँगै डेब्यू अभिनेता वीररबल घलेको प्रमूख भूमिका रहनेछ ।

चलचित्रमा उपेन्द्र सुब्बाको पटकथा र निर्देशक गुरुङ तथा अभिनेता घलेको कथा रहनेछ । चलचित्रको कार्यकारी निर्मातामा टिका गुरुङ (युके), प्रकाश गुरुङ (युके), जित यात्री गुरुङ (नर्वे) तथा सची कुमारी घले रहेका छन् । चलचित्रका सह निर्माता दुनबहादुर घले, हेमा गुरुङ तथा विजय लामा हुन् । 

फागुनबाट फ्लोरमा जाने चलचित्रको हाल प्रि प्रोडक्सनको काम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu