‘लुसु’मा नवराजको एक्सन कट



काठमाडौँ।
अमेरिकामा बसेर नेपाली चलचित्रमा सक्रिय रहेका कलाकार नवराज श्रेष्ठ अब दर्शकमाझ निर्देशकका रूपमा आउने भएका छन् । उनी चलचित्र ‘लुसु’मार्फत निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।

दि पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता शेखर लामा हुन् । निर्माण टिमले चलचित्र निर्माणका लागि गत बिहीबार चलचित्र विकास बोर्डबाट अनुमति पत्र लिइसकेका छन् ।

सामाजिक कथामा निर्माण हुने चलचित्रमा पदम विश्वकर्माको लेखन हुनेछ । नेपाल र अमेरिकामा खिचिने चलचित्रको यति बेला प्रि–प्रोडक्सनको काम भइरहेको छ । निर्देशक श्रेष्ठले फागुनबाट फ्लोरमा जाने चलचित्रका मुख्य कलाकार तथा प्राविधिकहरू केही दिनमा सार्वजनिक गरिने बताए ।

‘अभिनयबाट सँगालेको अनुभव र सिकेको ज्ञानलाई निर्देशनमा राम्रैसँग सदुपयोग गर्नेछु’, उनी भन्छन्, ‘चलचित्रको कथा सुन्दा यो कथा आफैले भन्नु पर्छ भन्ने लागेर निर्देशनमा पाइला चाल्ने निर्णय लिएँ ।’

सन् १९९४ को चलचित्र ‘बादल’बाट अभिनय यात्रा सुरु गरेका श्रेष्ठले ‘जन्मभूमि’, ‘गुड लक’, ‘स्काउट’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । यस्तै थुप्रै म्युजिक भिडियो तथा विज्ञापनमा पनि श्रेष्ठले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu