प्रेम, बदला र एक्सनमा ‘चित्रा’ ट्रेलर



काठमाडौँ।
यही पुस २७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘चित्रा’को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ५९ मिनेटको ट्रेलरमा प्रेम, एक्सन र बदलासँगै परिवारको कथालाई देखाइएको छ । ट्रेलरले विशेषतः छोरीका लागि बाबुले गर्ने सङ्घर्ष देखाइएको छ ।

ट्रेलरमा चलचित्रका सबै कलाकारलाई प्राथमिकता दिइएको छ । चलचित्रमा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे जस्ता सशक्त कलाकारको अभिनय रहेको छ ।

यही चलचित्रबाट सन्तोष अधिकारी नेपाली रजतपटमा डेब्यू गर्दैछन् । फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् । यसअघि चलचित्र ‘धुली’ र ‘पञ्चेबाजा’बाट राम्रो समीक्षा पाएका निर्देशक लामिछाने ‘चित्रा’बाट त्यस्तै समीक्षा चाहन्छन् ।

यो चलचित्रले बाबु छोरीको कथा बोकेको छ । ट्रेलरमा हेर्दा यो कुरा प्रस्ट देख्न सकिन्छ । चलचित्रमा अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल लगायतका कलाकारको अभिनय छ ।

चलचित्रका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो चलचित्रमा राजनराज शिवाकोटीको सङ्गीत छ ।
महेश पौडेलले छायाङ्कन गरेको चलचित्रमा सम्पादनको भूमिकामा बनिश शाह र सन्देश शाह छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । फिल्मको अस्ट्रेलियाको अधिकार अविनाश रोका मगरले लिएका छन् ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu