मौन आकाशको फस्ट लुक



काठमाडौँ। टेलिभिजन तथा चलचित्र निर्देशक रमेश कोइरालाको आख्यान चलचित्र ‘मौन आकाश’को फस्ट लुक सार्वजनिक भएको छ । फस्ट लुकमा बाल कलाकार नूर दाहालको पृष्ठभूमिमा सृहा दुलाल र ध्वजसिंह भण्डारीलाई देखाइएको छ ।

सुनिल पाण्डेको लेखन रहेको चलचित्रमा जेएन घिमिरे, शुभम आचार्य, विष्णु रोक्का, रमेश कोइराला, मिशेल घिमिरे, स्मारिका खनाल, श्याम केसी, सिर्जना गजमेरको समेत अभिनय छ । लक्ष्मी भण्डारी निर्माता र प्रतीक कोइराला कार्यकारी निर्माता रहेको चलचित्रमा रामेश्वर हुमागाईँको छायाङ्कन, श्याम केसीको व्यवस्थापन, रानु निरौलाको प्रोडक्सन डिजाइन र तुलसीप्रसाद लम्सालको सह–निर्देशन छ ।

चलचित्रको सम्पादन सुवास देवकोटाले गरेका छन् । निर्देशक कोइरालाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेस्टिभलमा चलचित्रलाई प्रतिस्पर्धीका रूपमा देखाइने बताए । ‘शिक्षा मन्त्रालयको समन्वयमा विभिन्न स्कुल तथा कलेजहरूले विद्यार्थी सचेतनाको पनि देखाउने तयारी गरिरहेका छन्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu