अमेरिकी पप स्टार ब्रिटनी सङ्गीत उद्योगमा कहिल्यै नफर्किने



अमेरिकी पप स्टार ब्रिटनी स्पीयर्सले सामाजिक सञ्जालमा आफू नयाँ एल्बमको तयारी गरिरहेको भन्ने समाचारको खण्डन गरेकी छन् । उनले आधिकारिक इन्स्टाग्राम हेण्डलमार्फत आफू अब कहिल्यै पनि सङ्गीत उद्योगमा नफर्कने घोषणा गरेकी छन् ।

बुधवार बिहान पेज सिक्सले “ब्रिटनीले सम्भावित रूपले एक गीत रेकर्डका लागि चाली एक्ससीएक्स र गीतकार जूलिया माइकल्ससँग सहकार्य गरिरहेको” भनी समाचार प्रकाशन गरेको थियो । वेराइटीले भने स्पीयर्सले हालसम्म कुनै पनि सामाग्री रेकर्ड नगराएको दाबी गरेको थियो । उसले सहकार्यको योजनाले बिस्तारै आकारको रूप लिइरहेकाले गीत तत्काल रेकर्ड हुने सम्भावना नरहेको जनाएको थियो ।

तर स्पीयर्सले यी दुवै कुराको खण्डन गरेकी छन् । “उनीहरू भन्छन् कि म नयाँ एल्बम निर्माण गर्ने काममा अगाडि बढेकी छु । म सङ्गीत उद्योगमा कहिल्यै फर्किन्नँ ।” उनले अगाडि लेखेकी छन्, “जब म लेख्छु, त्यो केवल मनोरञ्जनका लागि मात्र हुन्छ वा अन्य व्यक्तिका लागि लेख्छु । तपाईंहरुमध्ये जतिले मेरो पुस्तक पढ्नुभयो, उनीहरूका लागि यस्ता धेरै कुरा छन्, जो तपाईँहरू मेरो बारेमा थाहा पाउनुहुन्न । मैले पछिल्लो २० वर्षमा अन्य व्यक्तिका लागि करिब २० भन्दा बढी गीत लेखेकी छु ।”

माइकल्स र स्पीयर्सले विगतमा एकसाथ काम गरेका छन् । माइकल्सलाई स्पीयर्सको ‘स्लम्बर पार्टी’को लेखकका रूपमा श्रेय दिइन्छ । जो उनको पछिल्लो एल्बम ‘ग्लोरी(२०१६)’मा देखिएका थिए ।

स्पीयर्सले आफूलाई ‘घोस्ट राइटर’ भनेकी छन् । जसको अर्थ यो हो कि उनी परियोजनामा आफ्नो नाम नजोडीकन अन्य कलाकारका लागि लेख्छन् । उनी यसलाई इमानदारितापूर्वक यस्तै काम गर्न रुचाउने बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu