बिराजको चलचित्रमा साउथ सुपरस्टार विजयको चर्चा



काठमाडौँ।
दक्षिण भारतीय सुपरस्टार विजय सेतुपतिको नेपालमा ‘फ्यान फलोइङ’ गजबको छ । दक्षिण भारतीय चलचित्रमा रुचि हुनेले उनलाई हेर्न छुटाउँदैनन् । अझ पछिल्लो पटक बलिउड चलचित्र ‘जवान’मा शाहरूख खानको अपोजिट चरित्रमा देखिएपछि उनको क्रेज अझै थपिएको छ ।

यिनै विजय सम्भवतः पहिलो पटक नेपाली चलचित्रमा देखिँदै छन् । यो कुराको कुनै स्वतन्त्र पुष्टि हुन नसके पनि नेपाली अभिनेता बिराज भट्टसँगको उनको बिहीबार सार्वजनिक एक तस्बिरले केही सङ्केत दिएको छ ।

आफ्नो डेब्यू निर्देशन रहेको चलचित्र ‘साङ्लो’ पछि सुस्ताएका बिराजले केही समयअघि ‘बाह्र गाउँ’ नामक चलचित्रको घोषणा गरेका छन् । चलचित्रको घोषणासँगै चलचित्रमा उनीसँगै अन्य कलाकार को होलान् भन्ने चासो भइरहँदा बिराजसँग विजयको तस्बिरले सहकार्य गर्ने छनक दिएको छ । यस विषयमा बिराजले केही बोलेका छैनन् । उनले आफूले फोटो सार्वजनिक नगरी निकटका पत्रकार दिनेश सिटौलालाई सार्वजनिक गर्न लगाएका छन् ।

नेपाली चलचित्रमा कुनै समय एकछत्र राज गरेका बिराज त्यसपछि भोजपुरी चलचित्रमा सुपरस्टार बनेका थिए । उनले भोजपुरी चलचित्रमा बनाएको सुपरस्टारको छविले पनि दक्षिण भारतीय स्टार उनको चलचित्रमा काम गर्न इच्छुक भएको हुनसक्ने आकलन गरिएको छ ।

सार्वजनिक तस्बिरमा विजय र बिराज निकै खुसी देखिएका छन् । विजय पछिल्लो पटक एक वेब सिरिजको छायाङ्कनका लागि नेपाल पनि आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu