भिडियो पसलमा चिसो मान्छे



काठमाडौँ।
अभिनेत्री स्वस्तिमा खड्कालाई बाजुरेली गेट अप र लवजमा प्रस्तुत गरिएको चलचित्र ‘चिसो मान्छे’ नेपाली ओटिटी प्लेटफर्म भिडियो पसलमा रिलिज भएको छ । हालका लागि नेपाल बाहिर रहेका दर्शकले मात्र सो एपमार्फत यो चलचित्र हेर्न सक्ने बताइएको छ ।

यो चलचित्र कोरोनाको समयमा रिलिज भएको थियो । नयाँ वर्ष २०२४ को अवसर पारेर विदेशमा रहेका नेपाली लक्षित गरेर एपमा चलचित्र रिलिज गरिएको भिडियो पसलकी सह–संस्थापक नेहा कार्कीले बताइन् ।

दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रमा अर्पण थापा, स्वस्तिमा खड्का , देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् । चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu