गाउँ नै रमाइलोमा मिरूनाको जोडी को ?



काठमाडौँ। चलचित्र ‘गाउँ नै रमाइलो’मा अभिनेत्री मिरूना मगर भित्रिएकी छन् । हिमाल कडरियाले निर्माण गर्न लागेको चलचित्रमा मिरूनालाई प्रमुख भूमिकामा अनुबन्ध गराइएको हो । निर्माण पक्षका अनुसार मिरूनासँग कागजी सम्झौता भइसकेको छ ।

मिरूनासँगै यस चलचित्रमा कलाकार बुद्धि तामाङ पनि अनुबन्ध भएका छन् । यसअघि यो चलचित्रमा अभिनेता द्वय आर्यन सिग्देल र दयाहाङ राईले काम गर्ने तय भइसकेको छ ।

यस चलचित्रमा मिरुना कसको जोडीको रूपमा देखिन लागेकी हुन् भन्ने खुलाइएको छैन । चलचित्रको विषयवस्तुबारे अहिले नै खुलासा नगर्ने यसका निर्देशक दिनेश राउतले बताए । यद्यपि यो चलचित्रले गाउँको रोचक कथालाई प्रस्तुत गर्नेछ । राउतले दर्शकको अनुमान विपरीतको भूमिकामा मिरूनाको अभिनय रहने दाबी गरे ।

दिनेशले चलचित्र ‘पुजार सार्की’पछि यो चलचित्रको निर्देशन थाल्नेछन् । यो चलचित्र आउँदो वर्षको दसैँमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।

चलचित्र ‘गाउँ नै रमाइलो’लाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ । ओभरसिजमा भने यो चलचित्रलाई एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu