१८ वर्षका भए विश्वकै कान्छा निर्देशक सौगात बिस्ट, अब कसैले तोड्ने छैन उनको रेकर्ड



काठमाडौँ। विश्व प्रसिद्ध गिनिज बुक अफ वर्ल्ड रेकर्डमा विश्वकै कान्छो निर्देशकको रेकर्ड राखेका नेपाली चलचित्र निर्देशक सौगात बिस्ट १८ वर्षका भएका छन्। सौगातले सौगातले ७ वर्ष ३ सय ४० दिनको उमेरमा नेपाली चलचित्र ‘लव यु बाबा’ निर्देशन गरेर ‘गिनिज बुक’मा नाम लेखाएका थिए।

सौगात बिस्ट। (इन्सेटमा विश्व रेकर्डको प्रमाणपत्र लिएपछि सौगात)

खेलकुदमा समेत रुचि राख्ने सौगातले हाल कक्षा ११ मा कानुन विषयमा अध्ययन गर्दैछन्। कानुन अध्ययन गरेता पनि उनले भविष्यमा चलचित्र विषयमा विज्ञता लिने उद्देश्य राखेका छन्।

सौगात एक सफल बाल कलाकार समेत हुन्। सौगातका पिता गजित विष्ट पनि नेपाली चलचित्र क्षेत्रका एक सफल नायक हुन् भने उनका आमा सम्झना विष्टले चलचित्र ‘लव यु बाबा’ निर्माण गरेकी थिइन्।

पिता मातासँग सौगात

सौगातकी दिदी सङ्गम बिस्ट नेपाली चलचित्रकी कलाकार हुन्। उनले चलचित्र ‘लभ यु बाबा’बाट राष्ट्रिय चलचित्र पुरस्कार समेत पाएकी थिइन्। यो चलचित्रमा गजित बिस्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट र निर्मल शर्मा लगायतले पनि अभिनय गरेका थिए। सौगातले अर्को चलचित्र ‘हैरान’ समेत निर्देशन गरेका छन्।

अब कसैले तोड्ने छैन उनको रेकर्ड

सौगातले कायम गरेको रेकर्ड हालसम्म कसैले तोड्न सकेको छैन। सौगातका पिता गजित बिस्टले यो रेकर्ड अब कसैले बनाउन नसक्ने बताए। गिनिज रेकर्डले आधिकारिक रूपमा नै सो विधाको गाइडलाइन सधैँको लागि हटाइसकेको हुँदा रेकर्ड नतोडिने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu