स्वादिलो चलचित्र पर्खेका आर्यनले सोधे – के तपाईँ तयार हुनुहुन्छ ?



काठमाडौँ।
अभिनेता आर्यन सिग्देलबाट दर्शकले स्वादिलो चलचित्रको प्रतीक्षा गरेको धेरै भयो । आर्यन पनि दर्शकले चाहेको जस्तो चलचित्रमा कहिले काम गरिएला भन्ने ध्याउन्नमा थिए । सोही बखत साथीसमेत रहेका निर्देशक दिनेश राउतले उनलाई ‘पुजार सार्की’को प्रमुख भूमिकामा अफर गरे ।

सो चलचित्र बन्ने भएपछि आर्यन अत्यन्तै उत्साहित छन् । आर्यनसँगै सो चलचित्रमा अभिनेता द्वय प्रदीप खड्का र पल शाहको समेत प्रमुख भूमिका रहेको छ । माघ महिनामा छायाङ्कनमा निस्कने यो चलचित्रको रिलिज पनि आगामी नयाँ वर्षको सुरुवाती दिनमै हुने बताइएको छ ।

यसैबिच अभिनेता सिग्देलले एक फोटो फेसबुकमा शेयर गर्दै लेखेका छन्, “आर यु रेडी ?” अर्थात् उनले दर्शकलाई लक्षित गर्दै भने, “के तपाईँ तयार हुनुहुन्छ ?” सो फोटोमा आर्यनसँगै प्रदीप, पल र निर्देशक राउत छन् ।

त्यस्तै, आर्यनले ‘पुजार सार्की’को कार्यशाला चलिरहेको फोटो पनि सार्वजनिक गरेका छन् ।

‘मल्टिस्टारर’ सो चलचित्रबाट आर्यनले निकै आशा गरेको बुझ्न कठिन छैन । ‘मल्टिस्टार’ चलचित्र भएको कारण यसको चर्चा सुरुवात देखि नै छ । यो चलचित्रले स्टारर हरूले कसरी मिलेर काम गर्नुपर्दछ भन्ने सन्देश दिन निर्देशकले पनि चाहेका छन् । प्रदीप र पल पनि ‘पुजार सार्की’लाई व्यापारिक र समीक्षागत दुवै तवरले सफल बनाउन कस्सिएका छन् ।

यो चलचित्र सङ्गीतकार समेत रहेका सुवास भुसालले बनाउँदै छन् भने विकास सुवेदीले चलचित्र लेखेका छन् । यसअघि विकासले लेखेको चलचित्र ‘प्रकाश’ दिनेशले निर्देशन गरेका थिए भने प्रदीपले अभिनय गरेका थिए ।

यसअघि आर्यन र दिनेशले चलचित्रहरू ‘नोभेम्बर रेन’ र ‘क्लासिक’मा काम गरेका थिए । ती दुवै चलचित्र सफल बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu