चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउने सुझावसहितको संशोधित विधेयक मस्यौदा हस्तान्तरण



काठमाडौँ। स्वायत्त चलचित्र विकास बोर्डको सुझावसहित नेपाली चलचित्रको संशोधित विधेयक २०८० को मस्यौदा आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई हस्तान्तरण गरिएको छ । चलचित्र क्षेत्रका ८ सरोकारवाला संस्थाहरूले छलफल गरी तयार पारेको सो हस्तान्तरण गरेका हुन् ।

नेपाल चलचित्र निर्माता सङ्घ, नेपाल चलचित्र कलाकार सङ्घ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र सङ्घ, नेपाल चलचित्र प्राविधिक सङ्घ, नेपाल चलचित्र नृत्यकार सङ्घ, नेपाल चलचित्र द्वन्द्व कलाकार सङ्घ र आदिवासी जनजाति चलचित्र महासङ्घ छन् ।

नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले मस्यौदा संशोधन तथा कार्यान्वयनका लागि हस्तान्तरण गरिएको बताए । ‘नेपाल सरकारले चाँडो भन्दा चाँडो यसलाई अनुमोदन गरी चलचित्र ऐन बनाएर लागू गरोस् भन्ने सम्पूर्ण सङ्घ संस्थाहरूको माग छ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu