गोल्डेन ग्लोबमा पाँच पुरस्कारहरू सहित ओपेनहाइमर उत्कृष्ट



क्रिस्टोफर नोलेनको लेखन, निर्माण र निर्देशन रहेको चलचित्र ‘ओपेनहाइमर’ अमेरिकाको लसएन्जल्समा सोमबार बिहान सम्पन्न ‘गोल्डेन ग्लोब अवार्ड’मा उत्कृष्ट चलचित्र बनेको छ । यसले
शीर्ष पुरस्कार सहित पाँच पुरस्कारहरू जितेको छ ।

यसका दुई प्रमुख कलाकार सिलियन मर्फे उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे । निर्देशक नोलेन उत्कृष्ट निर्देशक बने । अभिनेता रोबर्ट डोनरी जुनियरले ‘बेस्ट सपोर्टिङ एक्टर’ को अवार्ड जिते । यो चलचित्रले ‘वेस्ट स्कोर’को अवार्ड पनि जित्यो ।

अभिनेत्री एमा स्टोनले ‘पुअर थिङ्स’का लागि ‘बेस्ट एक्ट्रेस’को अवार्ड चुमिन् । चलचित्र ‘बार्बी’ निर्देशक ग्रेटा गर्विग र अभिनेत्री मार्गोट रोबीले ‘बक्स अफिस एचिभमेन्ट अवार्ड’ पाए । यसै वर्षदेखि थपिएको ‘सिनेमाटिक’ र ‘बक्स अफिस एचिभमेन्ट अवार्ड’मा ‘बार्बी’ सुरक्षित भएको हो ।

बिली इलिसले ‘ह्वाट ह्वाज आइ मेड फर ?’का लागि ‘वेस्ट ओरिजिनल सङ’ ठहरिए । डेभिन जोय रेन्डल्फले ‘द होल्डओभर्स’का लागि ‘वेस्ट सपोर्टिङ एक्ट्रिस’ पोल्टामा पारिन् । कोर्टरुम कथा ‘एन्टोमी अफ ए फल’ले ‘वेस्ट स्क्रिन प्ले’ अवार्ड जित्यो ।

टेलिभिजन विधामा ‘बिफ’का लागि स्टेभन युअन र अली वोङ उत्कृष्ट ठहरिए । त्यस्तै ‘द बियर्स’का जेरेमी एलेन र अयो एडेबिरी अब्बल बने । एलिजाबेथ डेबिकी ‘द क्राउन’का लागि ‘वेस्ट सपोर्टिङ एक्ट्रेस’ र ‘सक्सेसन’का लागि म्याथु म्याकफेडन ‘वेस्ट सपोर्टिङ एक्टर’ भए । उनका को–स्टार काइरन कल्किन ‘वेस्ट लिडिङ एक्टर’ घोषित भए ।

चलचित्रको अवार्ड सिजनमा ‘गोल्डेन ग्लोब’लाई प्रमुख अवार्ड मानिन्छ । यसले आगामी मार्च १० मा हुने ओस्कार अवार्डको दाबेदारलाई अगाडि ल्याउँछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu