फेरी पनि दयाको जोडी बन्दै मिरूना



काठमाडौँ। डेब्यू चलचित्र ‘जारी’को व्यावसायिक सफलतापछि लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले दोस्रो चलचित्र ‘मनसरा’को छायाङ्कन सुरु गरेका छन् । ललितपुरको नख्खुमा रहेको एक मन्दिरमा चलचित्रको पूजाआजा गर्दै सुब्बाले छायाङ्कन सुरु गरेका हुन् । छायाङ्कनको पहिलो दिन चलचित्रकी शीर्ष अभिनेत्री मिरुना मगर र अभिनेता प्रवीण खतिवडाको दृश्य खिचिएको छ ।

यो चलचित्रमा अभिनेता दयाहाङ राईको जोडीका रूपमा मिरुना रहेकी छन् । दयाहाङ यति बेला चलचित्र ‘डिग्री माइला’को छायाङ्कनका लागि रुम्जाटारमा छन् । लेखक तथा निर्देशक सुब्बाले चलचित्र ललितपुर र पाँचथरमा छायाङ्कन गरिने बताए । यो चलचित्र २०८१ वैशाख २१ गते रिलिज हुनेछ ।

यो चलचित्रमा मेनुका प्रधानको पनि अभिनय रहनेछ । शैलेन्द्र ध्वज कार्कीको छायाङ्कन रहने चलचित्रमा उनी नै निर्माता छन् । 

कबड्डी फिल्म्स्को ब्यानरमा ‘मनसरा’ निर्माण हुन लागेको हो । एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरका रूपमा जी–२१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu