तीन महिनापछि सञ्जालमा आइन् नम्रता, भनिन्, ‘जाडोमा गर्मी पनि रहेछ’



In the depth of winter I finally learned that there was in me an invincible summer’.

यो उद्धरण प्रसिद्ध फ्रान्सेली दार्शनिक तथा लेखक अल्बर्ट कामुसको हो। यसको अर्थ यो हुन्छ कि ‘सबैले आफ्नो विरुद्ध जतिसुकै धक्का दिए तापनि आफूभित्र बलियो इच्छाशक्ति छ र त्यसले सही बाटोमा लागिरहेको छ।’

तीन महिनाको सामाजिक सञ्जालमा नदेखिएकी अभिनेत्री नम्रता श्रेष्ठले सोमबार बेलुका माथिको उद्धरण पोस्ट गर्दै आफ्नो भावना छोटोमा पोखेकी छन्। उनले आफ्नो प्रसन्न मुद्राको फोटो शेयर गर्दै आफ्नो जीवनको पछिल्लो घटना क्रमलाई सङ्केत गरेकी छन्।

उनले यस पोस्टबाट अब नियमित काममा फर्किने सङ्केत गरेकी छन्। उनको पछिल्लो चलचित्र ‘माया’ छायाङ्कन चलिरहेको समयमा अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेपछि सो घटना सँगै जोडिएर विभिन्न आरोप खेपेकी थिइन्। यद्यपि ती आरोपहरू पुस्टी भएका छैनन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu