दीपकको व्यंग्य: जोगीको घरमा ३ करोड, भोगीको घरमा कति ?



काठमाडौँ। अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा हरेक दिन केही न केही रोचक- घोचक पोस्ट गरिरहन्छन् । आफूलाई ‘लिटल बुद्ध’ दाबी गर्ने रामबहादुर बम्जन मङ्गलवार बेलुका पक्राउ परेपछि अहिले बम्जन भन्दा पनि उनको घरमा सिआइबीले फेला पारेको ३ करोड ३० लाख रुपैयाँको चर्चा छ ।

यसैबिच, दीपकले यही पैसालाई लिएर फेसबुकमा एक व्यङ्ग्यात्मक पोस्ट गरेका छन् । उनले लेखेका छन्, “पैसा कहाँ गो ? पैसा कहाँ गो ? भनेर अर्थविद्हरू चिन्ता गर्दैनथे क्यार । जोगीका घरमा ३ करोड हुन्छ भोगीका घरमा कति होला ?”

हाल दीपकको पोस्टमा सयौँ फ्यानले प्रतिक्रिया जनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu