निति शाह: चार चलचित्र घोषणामै सीमित, ‘खजुरे ब्रो’बाट डेब्यू हुने



काठमाडौँ।
‘मिस इन्टरनेशनल नेपाल २०१७’ विजेता निति शाहले अभिनय गर्ने भनिएका चलचित्रहरू‘हुतुतु’, ‘एक्स ९’, ‘कामिनो’ र ‘रावायण’ नबनेपछि उनी अब अर्को चलचित्रमा काम गर्ने भएकी छन् । अभिनेता महेश त्रिपाठीको अभिनय रहने चलचित्र ‘खजुरे ब्रो’बाट अब नीतिले डेब्यू गर्नेछिन् ।

दुई हप्ताअघि नै यस चलचित्र अनुबन्ध भएर उनी शुक्रवारबाट छायाङ्कनमा समेत जोडिइसकेकी छन् । चलचित्रमा नीतिको जोडी भने अभिनेता रेअर राईसँग बाँधिएको बुझिएको छ ।

‘षडङ्ग’ रिलिजको ९ वर्षपछि निर्देशनमा फर्किन लागेका सुरज सुनुवारको लेखन र निर्देशनमा बन्न लागेको चलचित्र काठमाडौँ र धरानसँगै इटहरी र भारतस्थित दार्जिलिङमा छायाङ्कन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu