महाजात्राको गीतमा रोमान्टिक बने विपिन र वर्षा, अरुण र आश्माको ‘पावरफुल’ नृत्य



काठमाडौँ।
‘जात्रा’ र ‘जात्रै जात्रा’को सिक्वेलको रूपमा बनेको चलचित्र‘महाजात्रा’को गीत रिलिज भएको छ । सोमवार सार्वजनिक ‘आहा क्या राम्रो’ बोलको परम्परागत लोक शैलीको गीतमा एकनारायण भण्डारीको शब्द रचना, आशिष अविरलको सङ्गीत तथा आशिष र अस्मिता अधिकारीको युगल गायन छ ।

यसको भिडियोमा मोडल आश्मा विश्वकर्मा र अभिनेता अरुण क्षेत्रीको ‘पावरफुल’ नृत्य रहेको भने मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत पनि रोमान्टिक छन् । साथमा कलाकारहरू रवीन्द्र झा र रवीन्द्र सिंह बानियाँको पनि नृत्य रहेको छ । भिडियोका कोरियोग्राफर  कविराज गहतराज हुन् ।

प्रदीप भट्टराईको निर्देशन रहेको यस चलचित्रमा अभिनेता हरिवंश आचार्य पनि मुख्य भूमिकामा छन् । यसमा राजाराम पौडेल, अर्जुनजङ्ग शाही, शिशिर वाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, दिव्य देव, गौमाया गुरुङ, प्रकाश घिमिरे, सुमन कार्की, रजनी गुरुङ लगायतको पनि अभिनय छ । 

यसका निर्देशक प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता हुन् । यो चलचित्र आगामी चैत ९ गते नेपालसँगै नेपालीहरूको बसोबास रहेका केही देशमा एकसाथ रिलिज हुँदैछ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu