अगस्त्यका ‘निसान’ नाजिरका पाँच भिन्न अवतार



काठमाडौँ।
आगामी फागुन १८ गतेबाट रिलिज हुने चलचित्र ‘अगस्त्य: च्याप्टर १’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि अभिनेता सौगात मल्लको दुई फरक गेट अप सार्वजनिक गरेको निर्माण टिमले नयाँ पोस्टरमा अभिनेता नाजिर हुसेनलाई स्थान दिएको छ । पोस्टरमा नाजिरका ६ लुक्स देखाइएको छ ।

सार्वजनिक पोस्टरमा चलचित्रमा नाजिरको सुरुवातदेखि अन्तिमसम्मको ६ लुक्सलाई देखाइएको छ । फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरीले चलचित्रमा ‘निसान’ पात्रको भूमिकामा देखिनका लागि नाजिरले २० केजी तौल बढाएको खुलाए ।

डार्क हर्ष इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । चलचित्रमा सौगात र नाजिरसँगै मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झालगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu