‘मायाका रङ्गहरू’मा सुनिल थापा र बुद्धि तामाङ



काठमाडौँ।
चलचित्र ‘मायाका रङ्गहरू’मा अभिनेता सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित भएका छन् । केवल तामाङको निर्देशनमा बन्ने यस चलचित्रमा यसअघि अभिनेता पल शाह र कुन्दन भारद्वाज अनुबन्धित भइसकेका छन् । केवलले हालै मात्र सुनिल र बुद्धिलाई चलचित्रमा अनुबन्ध गरेका हुन् ।

चलचित्रको छायाङ्कन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ । प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको छायाङ्कन नेपालको इलाम र काठमाडौँ तथा भारतको सिक्किम, दार्जिलिङमा गरिने छ । पुनम तामाङ प्रस्तुतकर्ता रहको चलचित्रको निर्माता आरबी थाङदेन हुन् ।

चलचित्रमा भद्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, ताराप्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको सङ्गीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

चलचित्रका सह–निर्माता जेनिश न्यौपाने र दीपेन्द्र चिलवाल हुन् । चलचित्रको हेड अफ प्रोडक्सन तथा लाइन प्रोड्युसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास क्षेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । निर्देशक तामाङले पर्यटन प्रवर्द्धनका लागि चलचित्र बनाउन लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu