काठमाडौँ।
अभिनेता विल्सन विक्रम राईले निर्देशन गर्ने चलचित्र ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल अनुबन्धित भएका छन् । उनीसँग बुधवार सम्झौता भएको छ ।
सम्झौतासँगै चलचित्रमा विजयको लुक्ससहितको तस्बिर सार्वजनिक गरिएको छ । विल्सनका अनुसार विजय यो चलचित्रमा अहिलेसम्मकै फरक भूमिकामा देखिने छन् । तर उनको भूमिकाबारे विल्सनले केही खुलाएनन् ।
चलचित्रको मुख्य भूमिकामा यसअघि नै दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् । विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले चलचित्र बनाउन लागेको हो । कमेडी र लभ स्टोरीको कथावस्तुमा निर्माण हुन लागेको चलचित्रको लेखन विल्सन स्वयंले गरेका छन् ।
सरिना लामा निर्माता रहेको चलचित्रमा अनमोल गुरुङका सङ्गीत रहनेछ ।