दयारानी टिजरमा निःसन्तानको कथा



काठमाडौँ।
नि:सन्तान हुँदाको पीडा बाबुआमालाई कतिसम्म पर्छ ! यो त वास्तविक रूपमा भोग्नेलाई मात्र थाहा होला । अभिनेता दयाहाङ राई र अभिनेत्री दिया पुन ‘रियल’मा नभई ‘रिल’मा यस्तै पीडा भोग्दैछन् ।

बिहीबार सार्वजनिक चलचित्र ‘दयारानी’ को टिजरमा दयाहाङ र दियाको नि:सन्तान पीडा प्रस्ट देखिन्छ ।  दियाले दयालाई अर्को विवाह गर्न प्रस्ताव गरे पनि दयाले त्यसलाई अस्वीकार गरेको टिजरमा देख्न सकिन्छ ।

फिल्म ‘ह्याप्पी डेज’, ‘मिस्टर झोले’ पछि ‘दयारानी’मा दयाहाङ र दियाको तेस्रो सहकार्य हो । अभिनेता माओत्से गुरुङको निर्देशन रहेको ‘दयारानी’ यही माघ २६ गते रिलिज हुँदैछ । 

बाँसुरी फिल्मस् र माओत्से फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ र दियाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुष्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङलगायतको अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यु आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्मको कास्टिङ डिरेक्टर मणिराम पोखरेल हुन् । शैलेन्द्र डी कार्कीको छायाङ्कन रहेको फिल्म नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्मस र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu