एक्सनतिर निश्चलको नजर



काठमाडौँ।
जन्मदिनलाई उपहार लिने उत्सवका रूपमा लिइन्छ । तर निर्देशक निश्चल बस्नेत यो मामलामा फरक निस्किए ।  फेसबुकमा बिहीबार बिहान जन्मदिनको स्ट्याटस लेख्दै दसैँ अघि एक्सन चलचित्र बनाउने घोषणा गरे । उनले चलचित्र ‘बेहुली फ्रम मेघौली’ घोषणा गरेका छन् । 

कहिले कमेडी त कहिले गम्भीर विषयका चलचित्रमा अभिनय र निर्देशन कला देखाइसकेका निश्चल अब एक्सनतिर मोडिएका छन् ।

चलचित्र क्षेत्रमा सङ्कटकाल लगाउनु पर्ने माग उठिरहेका बेला चलचित्र ‘लुट’ निर्देशन गरेर सबैको मुख बन्द गरिदिएका निश्चलले त्यसपछि पछाडि हेर्नु परेको छैन । अभिनय, गायन, नृत्य र निर्देशन उनका पर्याय हुन् । उनी निर्देशित पछिल्लो चलचित्र ‘दिमाग खराब’ले त प्रदर्शनको ५१ दिन पार गरिसकेको छ । उनले २०८३ मा ‘दिमाग खराब २’ ल्याउने घोषणै गरिसके । 

निश्चल यति बेला एक्सन फिल्मको स्क्रिप्टमा व्यस्त छन् । अर्को वर्षको दसैँ अघि एक्सन चलचित्र बनाउने योजनामा रहेका निश्चलले दसैँ या तिहारमा चलचित्र  रिलिज गर्ने सम्भावना छ । चलचित्रमा निश्चल र स्वस्तिमाकै लगानी हुनेछ । आकाश बराल र सजन काफ्लेको निर्देशन रहने चलचित्रको कथा चितवनको मेघौली गाउँमा केन्द्रित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu