अगस्त्यमा निश्चलको अजित लुक्स



काठमाडौँ।
अभिनेता सौगात मल्ल र नाजिर हुसेनको मात्र चलचित्र ‘अगस्त्य’मा चर्चा चलिरहँदा अभिनेता निश्चल बस्नेतको ‘अजित’ पात्रको लुक्स सार्वजनिक गरिएको छ ।

यस चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन र मलिका महत मात्र रहेको निर्माण टिमले प्रचार गरिरहँदा जन्मदिनको अवसर पार्दै सार्वजनिक गरिएको निश्चलको लुक्स दर्शकका लागि ‘सर्प्राइज’ भएको छ । सौरभ चौधरीको लेखन र निर्देशन रहेको यो चलचित्र आगामी फागुन १८ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रमा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झाको पनि अभिनय छ । डार्क हर्ष इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu