झिल्को बनाउँदै यादव



काठमाडौँ। एक दशकअघि सती प्रथामा आधारित चलचित्र ‘झोला’ निर्देशन गरेर चर्चामा आएका निर्देशक यादव भट्टराईले नयाँ चलचित्र ‘झिल्को’को घोषणा गरेका छन् । बिहीबार नयाँ चलचित्रको काठमाडौँको गौशालास्थित गुह्येश्वरी मन्दिरमा मुहूर्त गरिएको छ ।

निर्देशक यादवले सामाजिक र पारिवारिक कथामा बन्ने चलचित्र यही महिनाबाट छायाङ्कनमा जाने बताए । मिडिया फर कल्चरको ब्यानरमा निर्माण हुने चलचित्रमा सुनिल पोखरेल, विशाल पोखरेल, भोलाराज सापकोटा, वर्षा सिवाकोटी, बाल कलाकार आयुषी ढकालको अभिनय रहनेछ ।

चलचित्रमा यादवसँगै अरुणदेव जोशी र कवि देव व्रतको संवाद तथा पटकथा, दीपक बज्राचार्यको छायाङ्कन, आनन्द अधिकारीको गीत, चण्डीप्रसाद काफ्लेको सङ्गीत र नागेन्द्र घिमिरेको प्रोडक्सन डिजाइन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu