चलचित्र जिग्री: एउटा आलु जस्तो, अर्को तामा जस्तो



काठमाडौँ।
नेपाली चलचित्र ‘जिग्री’ आगामी फागुन ४ गते रिलिज हुने भएको छ । सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको यस चलचित्रका तीन फरक पोस्टर एकसाथ सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको छ ।

‘एउटा आलु जस्तो, अर्को तामा जस्तो’ ट्याग लाइन राख्दै कमेडी–क्राइम–एक्सन-ड्रामाको मिश्रण रहेको यस चलचित्रको प्रचार थालिएको छ । चलचित्रलाई आकाश मगरले निर्देशन गरेका छन् । यसमा कलाकारहरू अभय राज बराल, आकाश मगर, सुशील राज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शङ्कर भण्डारी लगायतको अभिनय रहेको छ।

काठमाडौँमा अनेकन् महत्त्वाकाङ्क्षा बोकेर आएका फरक व्यवहार भएका दुई केटाको कथामा यो चलचित्र बनेको हो । चलचित्रका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् । चलचित्रमा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ । चलचित्रको केही दिनमा नै टिजर सार्वजनिक गरिने छ भने चलचित्रको वितरण सुस्केरा आर्ट्सले गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu