मिन भामको चलचित्र ‘शाम्बाला’ बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभलमा छनोट



काठमाडौँ।
मिन भामको चलचित्र ‘शाम्बाला’ बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभलमा छनोट भएको छ । ‘कालो पोथी’ फेम्ड निर्देशक भामको यो चलचित्र फेस्टिभलको अन्तर्राष्ट्रिय विधामा फिल्म छनोट भएको हो । शाम्बाला यो विधामा छनोट हुने पहिलो नेपाली चलचित्र हो । सो  विधामा २० वटा चलचित्रहरू छानिएका छन् ।

फेब्रुअरी १५ देखि २५ सम्म जर्मनीको बर्लिनमा हुने फेस्टिभलमा निर्देशक भाम सहभागी हुनेछन् । छायाङ्कनको अवधिमा यस चलचित्रको नाम ‘चिसो वर्ष’ राखिएको थियो । उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथामा चलचित्र बनेको बताइएको छ ।

सुनी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिङ डल्हा, कार्म शाक्य आदिको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu