‘अगस्त्य – च्याप्टर १’का दुई नयाँ पोस्टर सार्वजनिक



काठमाडौँ।
आगामी फागुन १८ गते रिलिज हुने नेपाली चलचित्र ‘अगस्त्य – च्याप्टर १’का दुई नयाँ पोस्टर सार्वजनिक भएका छन् । एक पोस्टरमा अभिनेत्री मलिका महतलाई मात्र राखिएको छ भने अर्कोमा मलिकासँगै अभिनेता सौगात मल्ललाई राखिएको छ ।

सौरभ चौधरीको निर्देशनमा बनेको यस चलचित्रमा मलिकालाई ‘चाँदनी’को भूमिकामा देखाइएको छ भने सौगातको भने पात्र परिचय गराइएको छैन । यसमा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, निश्चल बस्नेत लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको चलचित्रमा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu