४५ दिनमा सकियो ‘डिग्री माइला’को छायाङ्कन



काठमाडौँ।
रामबाबु गुरुङको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘डिग्री माइला: एमए थर्ड क्लास’को ४५ दिनमा ‘इण्ड क्ल्याप’ भएको छ । असोज १ गतेदेखि ओखलढुङ्गाको रुम्जाटारबाट छायाङ्कन सुरु भएको चलचित्रले दोस्रो चरणको छायाङ्कनमा ‘इण्ड क्ल्याप’ गरेको हो ।

चलचित्रको पहिलो चरणको छायाङ्कन सकिएसँगै फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको थियो । पोस्टरमा शीर्ष पात्र ‘डिग्री माइला’ अर्थात् दयाहाङ राईलाई काठको बेञ्चीमा गम्भीर मुद्रामा केही सोचिरहेको र चस्मा लगाएर जुँगा पालेको देखाइएको थियो ।

दोस्रो चरणको छायाङ्कन भने काठमाडौँबाट सुरु गर्दै ओखलढुङ्गाको रुम्जाटार पुगेर सकिएको हो । बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । चलचित्रले ‘डिग्री माइला’को माध्यमबाट बेरोजगारीसँगै नेपाली समाजको चित्र पस्किनेछ ।

चलचित्रमा दयाहाङका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । चलचित्रले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्याग लाइन बनाएको छ । चलचित्र आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu