‘गोर्खा वारियर’ ट्रेलरले सम्झायो मलाया युद्ध



काठमाडौँ।
निर्माता तथा निर्देशक मिलन चाम्सको चलचित्र ‘गोर्खा वारियर’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी फागुन ११ गतेबाट रिलिज हुने चलचित्रको ट्रेलर बिहीबार राजधानीमा सार्वजनिक गरियो । २ मिनट २२ सेकेन्डको यो ट्रेलरमा गोर्खा सैनिकले मलाया युद्धका क्रममा भोग्नु परेका विभिन्न सङ्घर्ष र पीडालाई देखाइएको छ । सन् १९४९ का बेला दोस्रो विश्वयुद्धको क्रममा गोर्खाली सेनाहरूले लडेको मलाया युद्धको कथामा यो चलचित्र केन्द्रित रहेको छ । 

निर्देशक चाम्सले वीर गोर्खाली सैनिकले पहिलो र दोस्रो विश्वयुद्धमा गरेको युद्धको नभनिएका धेरै कथा भए पनि वीरताका ती कथा बिस्तारै हराउँदो जाने हुनाले आफूले १९४९ को मलाया युद्धको कथालाई यो चलचित्रमा प्रस्तुत गरेको बताए । यो चलचित्रबाट डेब्यु गरेका अभिनेता रितेश चाम्सले करिब आठ वर्षको तयारी पश्चात् अभिनेताको रूपमा यो चलचित्रमा आफू आएको बताए । आफू गोर्खा सैनिक भएकाले पनि गोर्खा सैनिकको यथार्थ भूमिकामा काम गर्न केही सजिलो भएको उनले बताए ।  

यो चलचित्रको दसैँ अघि बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर गरिएको थियो । चलचित्र ‘ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स’ (बाफ्टा) अवार्डको प्रारम्भिक मनोनयनमा पनि परेको छ । यो चलचित्र नेपाली, हिन्दी, अङ्ग्रेजी र कोरियन गरी चार भाषामा निर्माण भएको छ । यो चलचित्रको नेपाली संस्करण तयार भइसकेको छ भने हिन्दी, कोरियन र अङ्ग्रेजी संस्करणको निर्माण पनि अन्तिम अवस्थामा पुगेको छ । 

चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।  चलचित्रमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको सङ्गीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन रहेको छ । चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ ।’

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा चलचित्र निर्माण भएको हो । गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइबा छन् । यसको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सह निर्मातामा सुरेश राई रहेका छन् ।

ट्रेलरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu