भिडियोबाट चलचित्र निर्देशनमा माइकल, राम नाम सत्यको घोषणा



काठमाडौँ।
सयौँ म्युजिक भिडियोका निर्देशक माइकल चन्द अब चलचित्र निर्देशकका रूपमा दर्शकमाझ आउने भएका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘राम नाम सत्य’मार्फत माइकल निर्देशनमा डेब्यू गर्न लागेका हुन् । चलचित्रमा उनकै कथा हुनेछ ।

चलचित्रमा प्रकाश शाह, उपेन्द्र शाही र राज कटुवालको लगानी हुनेछ । चलचित्रको सार्वजनिक थिम पोस्टरमा एउटा ठुलो घण्टी र बन्चरोलाई देखाइएको छ । साथमा, आकृतिमा एक पुरुष दौडिरहेको देख्न सकिन्छ । पोस्टर डार्क शैलीमा तयार पारिएको छ । माइकलका अनुसार पोस्टरले चलचित्रको नाम अनुसार, बदलाको कथा बोल्नेछ ।

चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu