नमेटिने घाउका प्रधानमन्त्री बन्दै केपी ओली



काठमाडौँ।
एसिड आक्रमण पीडितको कथामा बन्ने नेपाली चलचित्र ‘नमेटिने घाउ’मा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्ने भएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले नै यो खबर सार्वजनिक गरेका हुन् ।

आफूलाई प्रधानमन्त्रीको भूमिकामा अफर गरिएको र त्यसलाई आफूले स्वीकार गरेको बताउँदै ओलीले भने, “एसिड आक्रमण जस्ता घटना घटिरहेका छन् । यो अन्त्य हुनुपर्छ। यसै अभियानमा जोडिएको छ ‘नमेटिने घाउ’। यो एउटा अभियान र प्रभावकारी अङ्ग हो । मान्छेले छालाको सुन्दरतालाई प्राथमिकता दिन्छन्। मनको, आचरणको, व्यवहारको र आन्तरिक सुन्दरता मान्छेले बुझेको हुँदैन । एसिड आक्रमणले एक जनालाई मात्र पीडा दिएको हुँदैन ।”

आइतबार नै यो चलचित्रको घोषणा गरिएको थियो । अभिनेता रमित ढुङ्गानाले बनाउने यस बायोपिक चलचित्रमा  एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथामा बनाउन लागिएको बताइएको छ । यही चलचित्रबाट रमितले निर्देशनमा हात हाल्दैछन्  । यसमा शिवम् अधिकारीको लेखन तथा ओम सुनारको सङ्गीत रहनेछ । 

यसमा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईँ, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा लगायतको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu