चलचित्र ‘हात्तीछाप’ले गर्‍यो निःशुल्क स्वास्थ्य शिविर



काठमाडौँ।
माघको २६ गते रिलिज हुने नेपाली चलचित्र ‘हात्तीछाप’ले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । लायन्स क्लबसँगको सहकार्यमा नुवाकोटको किस्पाङ २ सातदोबाटोमा आयोजित शिविरमा १५ लाख भन्दा बढीको औषधी निःशुल्क वितरण गरिएको बताइएको छ ।

बृहत् स्वास्थ्य शिविरमा सात सय बढी नागरिकहरूले निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा उपस्थित जटिल रोगका बिरामीहरूलाई काठमाडौँको टिचिङ अस्पतालमा सहजीकरण गरिने चलचित्रका निर्माता किरण नेपालीले बताए । शिविरमा टिचिङ अस्पतालका ४९ जना डाक्टरहरूले नागरिकहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।

“हामीले फिल्मलाई व्यावसायिक कोणबाट मात्र हेर्नु हुँदैन । फिल्मलाई सामाजिक सेवामा पनि लगाउन सक्नुपर्छ । यसैले, हामीले यो स्वास्थ्य शिविरको आयोजना गरेका हौँ’, निर्माता नेपालीले बताए ।

सिमोस सुनुवारको निर्देशनमा किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, बेनिशा हमाल, कमलमणि नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu