‘उपहार’को शीर्ष गीत सार्वजनिक



काठमाडौँ।
फागुन २५ गते रिलिज हुने नेपाली चलचित्र ‘उपहार’को शीर्ष गीत सार्वजनिक गरिएको छ । इन्टरनेटमा सार्वजनिक ‘हेरेको छैन’ बोलको गीत बिहीबार सार्वजनिक गरिएको हो ।

यस गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको सङ्गीत तथा प्रमोद ढुङ्गानाको शब्द रचना छ । यसमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, सुष्मा कार्की फिचर्ड छन् ।

‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित रहेकाले यसमा हाँस्यरसदेखि रोदनसम्म सबै कुराको सम्मिश्रण रहेको निर्देशक देउजा बताउँछन् । चलचित्रमा मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुसाललगायतको पनि अभिनय छ ।

अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् । रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा विष्णु कल्पित घिमिरेको छायाङ्कन, अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत, मित्र डी गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu