सुवेदीले चलचित्र ‘पार्वती’ बनाउने



काठमाडौं।
पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीले आफ्नो जन्मदिनको अवसरमा नयाँ चलचित्र ‘पार्वती’ बनाउने घोषणा गरेका छन् । यसमा सुवेदीको लेखन, निर्देशन र निर्माण रहने बताइएको छ ।

सामाजिक कथामा निर्माण हुने भनिएको सो चलचित्रको छायाङ्कन आगामी जेठ महिनामा गर्ने तयारी रहेको सुवेदीले बताए । दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी छिन् । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहने चलचित्रको प्रदर्शन २०८१ सालको महाशिवरात्रिमा गर्ने तय गरिएको छ ।

हाल सुवेदीले निर्देशन गरेको चलचित्र ‘सतीदेवी’ प्रदर्शनको तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu