वैशाख १४ मा ‘बोक्सीको घर’ रिलिज हुने



काठमाडौँ। अभिनेत्री केकी अधिकारीले निर्माण तथा अभिनय गरेको चलचित्र ‘बोक्सीको घर’ आगामी वैशाख १४ गते रिलिज हुने भएको छ । आठ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर यो चलचित्र निर्माण गरिएको छ ।

नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले चलचित्रलाई पनि निर्देशन गरेका छन् । यसमा केकीका अलावा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर चलचित्र निर्माण भएको हो ।

सामाजिक-थ्रिलर जनरामा निर्माण भएको यस चलचित्रले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने सिनेमालाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना उनको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu