चलचित्र ‘ऊनको स्विटर’मा विपिन र मिरूना



काठमाडौं। आर्टमान्डूले चलचित्र बनाउने भएको छ । ‘ऊनको स्विटर’ शीर्षकमा मङ्गलवार पोस्टर सार्वजनिक गर्दै अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रमुख भूमिका रहने सो चलचित्रबारे जानकारी गराइएको छ ।

यो चलचित्रलाई नवीन चौहानले निर्देशन गर्नेछन् । पटकथा पनि चौहानकै रहेको छ । विपिन र मिरुनासँगै यस चलचित्रमा माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमु, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावती लगायतका कलाकारको अभिनय रहने तय भएको छ ।

गायक सुजन चापागाईँ र कोविद बज्रको सङ्गीत निर्देशन गर्नेछन् । फिल्मको गीतमा हर्क साउद र झुमा लिम्बुको शब्द रचना रहनेछ। चलचित्रलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन् भने सम्पादन कृष्ण भण्डारीले गर्नेछन् ।

गत वर्षको असारमा चलचित्रको घोषणा ‘ऊनको स्विटर’को टाइटल गीतबाट गरिएको थियो । पाँचथरमा छायाङ्कन हुने यो चलचित्र वैशाखबाट फ्लोरमा जाने निर्देशक चौहानले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu