‘हात्तीछाप’को प्रिमियर



काठमाडौं।
माघको २६ गते रिलिज हुने नेपाली चलचित्र ‘हात्तीछाप’को मङ्गलवार बेलुकी प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्रकर्मीसहित पत्रकार र चलचित्रका कलाकारहरूको उपस्थिति थियो ।

प्रिमियर हेरेका चलचित्रकर्मीहरूको प्रतिक्रियामा चलचित्रमा नेपालको एक ऐतिहासिक घटनालाई २ घण्टामा समेटेको विषयमा चर्चा भएको छ । यो चलचित्र सिमोस सुनुवारको निर्देशनमा प्रदीप भारद्वाजको कथा रहेको छ ।

चलचित्रले दयाहाङ राई र सौगात मल्लको आ–आफ्नो कथालाई भनेको छ । तर, यी दुईको कथाको मेल कहाँबाट कसरी हुन्छ, यसका लागि दर्शकले चलचित्र हेर्नुपर्ने हुन्छ ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा बिजय बराल, विल्सन विक्रम राई, पुष्कर गुरुङ, रेअर राई, सुष्मा निरौला, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ । यो फिल्मको अधिकांश हलमा बुकिङ समेत खुलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu