‘हात्तीछाप’लाई उल्लेख्य शो



काठमाडौं।
शुक्रवारदेखि रिलिज हुन लागेको चलचित्र ‘हात्तीछाप’ले देशभरका हलमा उल्लेख्य शो पाएको छ । देशभरका मल्टिप्लेक्स हलमा १६४ शो सँगै सिङ्गल हलहरूको समेत आँकडा गर्दा करिब २ सय शो देशभर पाएको छ ।

क्यूएफएक्स चेनले उपत्यकाका हलमा १५ शो उपलब्ध गराएको छ । यस्तै, वान सिनेमाज् नयाँ बानेश्वरले ६ शो उपलब्ध गराएको छ भने कालिमाटीमा रहेको वान सिनेमाज्मा ४ शो उपलब्ध गराएको छ ।

फिल्मलाई बिग मुभिजले ६ शो दिएको छ । बिहानदेखि बेलुकासम्म फिल्मलाई अधिकांश हलले उच्च शो दिएका छन् । चाबहिलको एफक्यूब हलले पनि यो फिल्मलाई ६ शो उपलब्ध गराएको छ ।

देशभरका हलमा उच्च शोज पाएको यो चलचित्रले विकेन्डमा नै राम्रो ओपनिङ गरेको खण्डमा निर्मातालाई लगानी सुरक्षित गर्न धेरै दिन पर्खन नपर्ने निश्चित छ । यो चलचित्रप्रति प्रदर्शकको आशा पनि उच्च देखिएको छ ।

सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । यसमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विजय बराल, पुष्कर गुरुङ, बुद्धि तामाङ, सुष्मा  निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ । यसले प्रिमियरबाट राम्रो तारिफ पाइरहेको छ । यस्तै, चलचित्रमा कलाकार दीपकराज गिरीको विशेष भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu