‘अगस्त्य’को ‘मायामा तिम्रै मायामा’ गीतमा रोमान्टिक सौगात र मलिका



आगामी फागुन १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अगस्त्य’को भ्यालेन्टाइन डेको छेको पारेर प्रेमभावयुक्त गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर छ भने एसडी योगीको संगीत तथा सबिन एकतारेको शब्द रचना छ । गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री मलिका महत फिचरिङ छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगात र मलिकासँगै नाजिर हुसेन, निश्चल बस्नेत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतको पनि अभिनय छ । पोस्टर सार्वजनिक भएसँगै चर्चामा रहेको ‘अगस्त्य’को टिजरलाई पनि सकारात्मक प्रतिक्रिया मिलेको छ । अब फागुन १ गते ट्रेलर सार्वजनिक गर्ने तयारी गरिएको छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्रमा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेल निर्माता तथा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता छन् । चलचित्रमा सञ्जय लामाको छायाङ्कन, मनोज श्रेष्ठको भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा, भास्कर स्वारको पार्श्व संगीत तथा सुप्रिम पराजुलीको कलर छ ।

यो चलचित्र नेपालसँगै विश्वभर एकसाथ रिलिज हुनेछ । ‘अगस्त्य’ अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरुमा ७ सय ५० शोमा रिलिज हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu