दर्शकले रुचाए ‘हात्तीछाप’, सिक्वेल चाँडै ल्याउन आग्रह



शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘हात्तीछाप’ले शनिबार सुखद् कमाई गरेको छ । शुक्रबार भने अपेक्षाकृत हुन सकेको थिएन । माउथ पब्लिसिटी राम्रो भएकाले आइतबारबाट व्यापार बढ्ने वितरक रोहित कट्टेलले बताएका छन् । शनिबार काठमाडौंका केही हलमा दर्शकको चाप राम्रो देखिएको थियो ।

शनिबार अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता बुद्धि तामाङ दर्शकको प्रतिक्रिया लिन काठमाडौंको केएल टावरस्थित एफक्यूब हलमा पुग्दा दर्शकले चलचित्रको प्रशंसा गरेका थिए । केही दर्शकले ‘हात्तीछाप’को कथावस्तु नयाँ रहेको भन्दै सिक्वेलको प्रतिक्षा रहेको बताएका थिए ।

चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले दर्शकको प्रतिक्रिया सुखद् आएकोले आइतबारबाट व्यापार स्थित रहने विश्वास व्यक्त गरेका छन् । त्यस्तै, उपासनाले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्–‘मलाई एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ । दर्शकले मेरो भूमिका र चलचित्रलाई नै मन पराउनु भएको छ । म निकै नै उत्साहित छु ।’

सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, विल्सन विक्रम राई, सुष्मा निरौला लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu