३० दिनमा सकियो ‘मनसरा’को छायांकन



‘जारी’ निर्देशक उपेन्द्र सुब्बाले आफ्नो दोस्रो चलचित्र ‘मनसरा’को एक महिनामा छायांकन पूरा गरेका छन् । गत पुष २१ गतेबाट सुरु भएको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरी ३० दिनमा सकिएको हो । पाँचथरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको हो ।

चलचित्रमा मिरुना र दयाहाङका अलावा प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको चलचित्रका निर्माता तथा छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्मातामा छन् ।

आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको कला निर्देशन रहनेछ ।सिजन दाहाल कार्यकारी निर्माता रहेको चलचित्रलाई एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu