सुष्माले अष्ट्रेलियाबाटै गरिन् ‘उपहार’को डबिङ



एक कार्यक्रमको सिलसिलामा अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट चलचित्र ‘उपहार’को डबिङ गरेकी छिन् । आगामी फागुन २५ बाट रिलिज हुने चलचित्रमा विशेष भूमिकामा अभिनय गरेकी उनले अष्ट्रेलियाबाटै आफ्नो भागको डबिङ गरेकी हुन् ।

अष्ट्रेलियामा रहेका पत्रकार राजन घिमिरेका अनुसार, सुष्माले सिड्नीमा राजेश घिमिरेको प्राविधिक व्यवस्थापनमा ‘उपहार’को डबिङ गरेकी थिइन् । डबिङको दृश्यमा उनी रिसाएको देखिएकी छन् । उनले अभिनेत्री बेनिशा हमाललाई अपार्टमेन्टमा फोहोर फालिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको चलचित्रमा रेखा थापा, मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । चलचित्रको ‘वाह ! वाह !! वाह !!!’, ‘मुटुको चार आना’ र ‘हारेको छैन’ गीत रिलिज भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu