कस्तो रह्यो ‘दयारानी’को दुई दिन ?



शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘दयारानी’ले बक्स अफिसमा सुखद् कमाई गरेको छ । शुक्रबार र शनिबार चलचित्रको व्यापार राम्रो रहेको वितरक प्रचण्डमान श्रेष्ठले बताएका छन् । उनका अनुसार, शुक्रबार चलचित्रले मोफसलमा ८० प्रतिशत र राजधानीमा ५० प्रतिशतमाथिको अकुपेन्सी कायम गरेको थियो ।

रिलिजको दोश्रो दिन शनिबार चलचित्रको व्यापार अझै राम्रो रहेको प्रचण्डमानको दाबी छ । दुई दिनको सुखद् व्यापारपछि ‘दयारानी’ले केही हलहरुमा शोज समेत बढेको उनको भनाई छ ।

विशेषगरी दुई दिन पोखरामा चलचित्रको अकुपेन्सी उच्च रह्यो । यसको पछाडि दुईवटा कारण छन् । पहिलो, ‘दयारानी’का निर्देशक माओत्से गुरुङ पोखराका हुन् । त्यहाँ उनको ठूलो नाम छ । उनको नामैले पनि हलमा दर्शक तानेको छ । दोस्रो, चलचित्रले गुरुङ समुदायको कथा उठाएको छ र पोखरामा त्यही समुदायको घनत्व छ । यिनै कारणले पोखरामा चलचित्रको व्यापार सुखद् देखियो ।

माओत्से गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, दीया पुन, नयन गुरुङ, शिरिषा कुँवर, पुष्कर गुरुङ, प्रमिश गुरुङ, विजय बराल लगायतको अभिनय छ । बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu